२८ साउन -काठमाडौं, गुन्डा नाइके भनेर चिनिने चक्रे मिलन (मिलन गुरुङ) लाई काठमाडौँ जिल्ला अदालतले ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलाशले चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश गरेका हो ।
साम्बाला होटलबाट गुन्डागर्दी गरेको आरोपमा साउन १५ मा चक्रे समूहका १९ जना पक्राउ परेका थिए । उनीहरुविरुद्ध सरकारी वकिलले अभद्र व्यवहारको मुद्दा दायर गरेको थियो ।
थुनछेक बहसपछि अदालतले उनिहरु सबैलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो ।
प्रतिक्रिया दिनुहोस्