दाङमा चट्याङ लागेर दुईजनाको मृत्यु

असार ९- तुलसीपुर, दाङमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा दंगीशरण गाउँपालिका ६ का २६ बर्षिय समिर केसी र दंगीशरण गाउँपालिका ३ का ३६ बर्षिय रामनारायण चौधरी रहेको प्रहरीले जनाएको छ ।

केसीको घटनास्थलमै मृत्यु भएको हो भने चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मृत दुबैजनालाई खेतबारीमा काम गर्ने क्रममा चट्याङले हानेको हो । उनीहरुलाई आज अपरान्ह ५ बजेको समयमा चट्याङ लागेको प्रहरीले जनाएको छ ।

स्रोतः तुलसीपुर खबर

प्रतिक्रिया दिनुहोस्