२८ साउन- काठमाडौं, नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट को राजीनामा सभामुखलाई बुझाएका छन् ।
मंगलबार संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले बुधबार सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका छन।
निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको छेडखानीको छानबिनका लागि गठित संसदीय समितिले उनलाई नैतिक जिम्मेवार ठहर्याएको थियो।
प्रतिक्रिया दिनुहोस्