२८ साउन धरान, दुईजना पुरुषको हत्या भएको छ । यो घटना सुनसरीको दुहबी नगरपालिका(४ मा भएको हो ।
निर्माण भइरहेको घरमा ती पुरुषहरूको हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ ।
दुई पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेकामा इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी परिचालन गरि घटनाको अनुसन्धान सुरू गरिएको थियो ।
ती पुरुषलाई कसैले हत्या गरी फ्यालेको हुनसक्ने अनुमान गरिएको छ । पहिचान नखुलेका पुरुषको शवको वस्तुस्थिति बुझ्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चिकित्सक झिकाइएको छ।
यस घटना सम्बन्धमा अनुसन्धान सुरु भई सकेको छ ।
प्रतिक्रिया दिनुहोस्