२६ साउन- काभ्रेपलाञ्चोक, नाङ्गे डाँडाको जंगलमा अन्दाजी ४० वर्षकी महिलाको शव फेला परेको छ । घटना घ्याङ्लेक गाउँपालिका(२ सातदोबाटोको हो ।
घ्याङ्लेक गाउँपालिका–२, चन्दनपुर निवासी सन्चमाया वाइबा लामाका शव रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ ।
साउन ११ गते हराएको भनी सन्चमाया वाइबा लामाको परिवारजनले साउन १५ मा ईलाका प्रहरी कार्यालय वस्तिपुरमा निवेदन दिएकोमा प्रहरीले खोजतलास जारी राखेको थियो । मृतकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल पठाइएको छ ।
शव फेला परेको घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्