लिकमा अडकिएको कारलाई रेलले दियो ठक्कर

२५ साउन- जनकपुर, रेलको लिकमा अडकिएको कारलाई रेलले ठक्कर दिएको छ।

 

जनकपुर उपमहानगरपालिका-९ स्थित थापा चोकबाट हिरा अस्पताल आउँदै गरेको कार रेल-वे लिकमा आइतबार बिहान पौने ९ बजे गाडी अड्किएपछि पश्चिमतर्फबाट आउँदै गरेको १७८३१५ नम्बरको रेलले ठक्कर दिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाकाका अनुसार रेल वे लिक पार गर्दा कारको पछाडिको पांग्रा लिकमै फसेको थियो। कार धनुषाकै लक्ष्मिनियाँ गाउँपालिका-६ निकालका २२ वर्षीय ललित यादवले चलाएका थिए।

 

दुर्घटनामा उनी सामान्य घाइते भएका छन्। कारमा पनि क्षति पुगेको छ। क्षतिग्रस्त कार लिकबाट बाहिर निकालिएको छ।

प्रतिक्रिया दिनुहोस्