२३ साउन -सप्तरी, भाइको बञ्चरो प्रहारबाट दाइको मृत्यु भएको छ । घटना राजविराज नगरपालिका-१ पडरियामा भएको हो ।
घरायसी विवादका कारण ३५ वर्षीया भाइ नरेन्द्र झाले शुक्रबार दिउँसो आफ्नै ४२ वर्षीया दाइ लोकेन्द्र झामाथि बञ्चरो प्रहार गरेका थिए ।
टाउकोमा बञ्चरो प्रहार पछि दाई गम्भीर घाइते भएका थिए । दाइको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । उनलाई घटना लगत्तै उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा लगिएपनि उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । उनको नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
बञ्चरो प्रहार गर्ने भाइ फरार छन् । फरार रहेको भाईको खोजी भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
-गोरखापत्र
प्रतिक्रिया दिनुहोस्