कैदीबन्दीबिच कुटाकुट हुुँदा पाँच जना घाइते

२३ साउन- कैलाली, कैदीबन्दीबिच कुटाकुट हुुँदा पाँच जना घाइते भएका छन्।

कैलाली कारागारमा बिहीवार कैदीबन्दीबिच कुटाकुट भएको झडपका क्रममा घाइते भएका पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।


हत्या प्रकरणमा जोडिएका तीन जनाको अन्यत्र सरूवा भएको कारण झडप भएको थियो । कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबिच कुटाकुट भएको थियो। कैदीबन्दीबिच कुटाकुट भएपछि अहिले कैलाली प्रहरी प्रमुख बालनरसिंह राणा, डीएसपी राजकुमार सिंहले कारागार पुगेर घटनाबारे जानकारी लिएका छन।

 

जिल्लामा सामुहिक झडप गर्नेहरु कारागार चलान भएपछि कारागार भित्र लफडा हुँदैआएको बताइएको छ ।केही समयअघि कारागारका कैदीबन्दी सरुवाको विरोधमा उत्रिएका थिए।

 

घटनाबारे छानविन भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्