शिक्षक आन्दोलन भदौको दोस्रो सातादेखि सुरु हुने

२२ साउन- काठमाडौं, नेपाल शिक्षक महासंघले भदौको दोस्रो सातादेखि आन्दोलन सुरु गर्ने बताएको छ।

विद्यालय शिक्षा ऐन नआए भदौको दोस्रो सातादेखि आन्दोलन सुरु गर्ने महासंघको आज बसेको बैठकले निर्णय गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट ऐन पास हुने प्रकृयामा नगए र सहमति अनुसार ऐन नबने आन्दोलन सुरु गर्ने बताएका छन ।

उनले राष्ट्रिय समितिको बैठक पछि आन्दोलन कसरी सुरु गर्ने भन्ने निर्णय गर्ने बताए।

 

सरकारलाई विद्यालय शिक्षा ऐन ल्याउन महासंघले आज ९साउन २२० गते सम्म समय दिएको थियो तर समय सीमा भित्र ऐन जारी नभएपछि आज बैठक बसेर आन्दोलनमा जाने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्