२२ साउन- काठमाडौं, बौद्धमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन ।
धनकुटाको भेडेटार घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ बस्ने २० वर्षीय आशिष राई तथा मोरङको उर्लाबारी नगरपालिका-१ घर हाल गोकर्णेश्वर-५ जोरपाटी बस्ने १८ वर्षीय संस्कार मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
यही साउन १८ गते राति गोकर्णेश्वर-६ नारायणटार लामा पेट्रोल पम्प नजिक मकवानपुर घर भई गोकर्णेश्वर- ४ गोकर्ण नाम्गेल बस्ने २७ वर्षीय सुरेन्द्र थोकरलाई धारिलो खुकुरी प्रहार गरी उनिहरुले घाइते बनाएको थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा उनिहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
खुकुरी प्रहारबाट घाइते भएका थोकरको राष्ट्रिय ट्रमा सेन्टरबाट रेफर गरी अहिले वीर अस्पतालमा उपचार भइरहेको र अवस्था बोल्न सक्ने रहेको छ ।
-रासस
प्रतिक्रिया दिनुहोस्