अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट सात जना पक्राउ

कैलाली, गोदावरी नगरपालिका-१ अत्तरिया डेरा गरी बस्ने डडेल्धुरा पर्शुराम नगरपालिका-११ घर भएका २७ वर्षीय खडक बिष्ट र आलिताल गाउँपालिका-६ बस्ने ३२ वर्षीय बिष्णु बिष्टलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले खडकलाई २ ग्राम ८० मिलिग्राम र बिष्णुलाई ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो ।

 

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ३० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-९ बस्ने २२ वर्षीय निरज सुनार र सोही नगरपालिका-१० बस्ने २२ वर्षीय रबिन राज शाही रहेका छन् । प्रहरी चौकी जमुनी र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१२ प ४२२० नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

सिरहा, लहान नगरपालिका-२२ लबटोली बस्ने २९ वर्षीय दिनेश यादवलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ४ सय मिलिग्राम, नगद २१ हजार ८ सय २० रूपैयाँ र १ थान मोबाइलसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ४ एम्पुल, एभिल ४ एम्पुल, फेनारगन ४ एम्पुल, डाइजेपाम ४ एम्पुल र नाईट्राभेट ८ ट्याब्लेटसहित सुनसरी ईटहरी उपमहानगरपालिका-८ बस्ने २९ वर्षीय राम देब चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

धादिङ, थाक्रे गाउँपालिका-२ समानटारबाट अवैध लागूऔषध पोल्याण्ड करिब २ केजीसहित मकवापुर थाहा नगरपालिका-७ बस्ने ३० वर्षीया शर्मीला मगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले आग्रापुरीयाबाट महादेववेशीतर्फ आउँदै गरेको ना.५ ख ६५९० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्