२२ साउन- काठमाडौँ, पठाओ राइडरले अफ लाइनमा राइड चलाएको आरोपमा प्रहरीले बालाजुको माछापोखरीबाट ७ जना राइडरलाई नियन्त्रणमा लिएको छ ।
दोलखाको बैतेश्वर घर भएका टेक बहादुर अधिकारी, गोरखा घर भएका जीवन कुमाल, नुवाकोट घर भएका नारायण पुडासैनी, तार्केश्वर घर भएका रामभक्त अर्याल, धादिङका रोशन चेपाङ, नुवाकोट तादीका केदार तिमल्सिना र धादिङका कुलबहादुर गुरुङ पक्राउ परेका छन् ।
अफलाइनमा पठाओ चलाउँदा यात्रुको ‘असुरक्षा’ हुने हुनाले उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएका छन। उनका अनुसार राइडरलाई सम्झाई बुझाई गरेर छाड्ने तर न मानेका कारण हिजो पक्राउ गरिएको हो, ।
प्रतिक्रिया दिनुहोस्