भ्रष्टाचार मुद्दामा निलम्बित मेयर कारागार जाने

२१ साउन- सर्लाही, बागमती नगरपालिकाका भ्रष्टाचार मुद्दामा निलम्बित मेयर भरतकुमार थापालाई विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ महिनाअघि विशेष अदालतमा दायर गरेको मुद्दामा बुधबार फैसला सुनाउँदै विशेष अदालतले उनलाई दोषी ठहर गरेको छ ।

अदालतले उनलाई एक वर्ष कैद, तीन करोड ४५ लाख रुपैयाँभन्दा बढी जरिवाना र सो बराबरको सम्पत्ति जफत गर्ने फैसला सुनाएको छ । थापाविरुद्ध ५ करोड ३३ लाख रुपैयाँभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेको थियो । तस अभियोग यता उनि निलम्बनमा परेका थिए । अदालतको फैसलापछि उनि अब कारागार चलान हुनेछन ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले उनलाई गैरकानुनी सम्पत्ति आर्जन तथा हानि–नोक्सानीसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।


अख्तियारको अनुसन्धानअनुसार ७ असोज २०७४ देखि २९ माघ २०७९ सम्मको अवधिमा मेयर थापाको कूल आय सात करोड ८६ लाख रुपैयाँ मात्र देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्