दार्चुलामा टिप्पर दुर्घटना

श्रावन २१ –दार्चुलामा टिप्पर दुर्घटना भएको छ।

 

जिल्लाको महाकाली नगरपालिकाको फोहर फाल्ने टिप्पर आइतवार बिहान दुर्घटना भएको हो। सदरमुकाम खलंगा बजारको फोहर संकलन गरी डम्पिङ्ग साइटमा फाल्न जाने क्रममा महाकाली नगरपालिका–५ किम्तडीभिरमा टिप्पर दुर्घटना भएको हो। दुर्घटनामा चालक महाकाली नगरपालिका–७ का दानसिंह धामी र महाकाली नगरपालिका–५ का सहचालक मनोज हुम्ली घाइते भएको प्रहरीले जनाएको छ।

महाकाली नगरपालिकाको से १ ग ७६ नम्बरको टिप्पर ब्रेकफेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। दुर्घटनामा परि घाइते भएका चालक र सहचालक दुबैलाई उपचारपछि डिस्चार्ज गरिसकेको प्रहरीले जनाएको छ।

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्