माछा पोखरीमा डुबेर एक जनाको मृत्यु भयो ।

२१ साउन -रूपन्देही, माछा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । घटना रोहिणी गाउँपालिका-१ दुबौलियाको हो ।

डुबेर मृत्यु हुनेमा ५५ वर्षीय राम अधारे यादव रहेका छ । उनको सोही ठाउँमा रहेको माछा पोखरीमा बुधबार बिहान डुबेको प्रहरीले जनाएको छ ।

 

डुबेर अशक्त भएका उनको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्