मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

२० साउन- डडेलधुरा, मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा अजयमेरु गाउँपालिका-२ का ४५ वर्षीय गणेश भट्टको मृत्यु भएको हो ।

सोमवार नम्बर प्लेट नरहेको पल्सर मोटरसाइकल दुर्घटनामा परेर भट्टको सोमवार मृत्यु भएको हो। अजयमेरु गाउँपालिका-१ पुइलेक कासिपुर सडकखण्डको घुम्तीमा भट्टले चलाएको उक्त मोटरसाइकल ५० मिटर तल खसेको थियो।

 

दुर्घटनामा गम्भीर घाइते भएका भट्टको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्