१९ साउन- पर्सा, वीरगंज महानगरपालिका-१६ ईनर्वा गाउँबाट कटुवा पेस्तोल १ थान सहित सोही ठाउँ बस्ने ४० वर्षीय साहेव खाँ लाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वा गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्