मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

१८ साउन- बुटवल, मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। आइतबार बिहान सियारी गाउँपालिका वडा नं। ७ भर्थापुरमा मोटरसाइकल दुर्घटनामा भएको हो।

रुपन्देहीको सियारीमा दुर्घटनामा परि बुवा ६० वर्षीय राममिलन धवलको मृत्यु भएको हो भने उनका छोरा ३० वर्षीय विनोद धवल गम्भीर घाइते भएका छन्। राममिलनको उपचारका क्रममा मृत्यु भएकको हो।

छोरा विनोद धवलले मोटरसाइकल चलाएका थिए भने बुवा राममिलन पछाडि बसेका थिए। मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

विनोदको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्