१८ साउन -कैलाली, धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
शनिवार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ ब्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका– ७ का २१ वर्षीय आर्यमन चौधरी रहेका छन्। उनको साथबाट ३०० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
यस्तै शनिवार राती धनगढी उपमहानगरपालिका– ८ क्याम्पस नजिकबाट २८ वर्षीय राजेश चौधरी र २८ वर्षीय भुवन चौधरी पक्राउ परेका हुन। उनीहरूको साथबाट १०० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्