डेढ किलो कोकिनसहित भारतीय नागरिक पक्राउ

१५ साउन – काठमाडौं, त्रिभुवन विमानस्थलबाट डेढ किलो कोकिनसहित भारतीय नागरिक पक्राउ परेका छन ।

 

पक्राउ पर्नेमा ३५ वर्षीया रुबिना अब्दुल्लाह शेख र ३२ वर्षका अरुण प्रताप रहेका छन्। लागु औषध अनुसन्धान ब्युरोको टोलीले कोकिन बोकेर आएकी शेख र कोकिन लिन गएका अरुणलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ।

 

रुबिनाले बोकेको ह्याण्ड ब्यागमा कोकिन फेला परेको हो। उनले कोकिन लुकाउन ह्यान्डब्यागमा विशेष प्रकारको ट्युब बनाएकी थिइन्। रुबिना पक्राउ परेपछि प्रहरीले थप सूचनाको आधारमा अर्का भारतीय नागरिक अरुणप्रतापलाई पनि पक्राउ गरेको थियो।

प्रहरीको विशेष अप्रेसनमा नागार्जुन नगरपालिका–३, इचंगुनारायणबाट युसुफ एटोम र रसियन नागरिक ४४ वर्षीय एन्ड्रिई मल्सेभलाई समेत पक्राउ गरेको छ।

उनीहरू कोकिन कारोबारी रहेको प्रहरीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्