छोरीको हत्या आरोपमा आमाको प्रेमी पक्राउ

१५ साउन- जनकपुरधाम, १५ वर्षीया किशोरीको हत्या आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

 

धनुषाको बटेश्वर गाउँपालिका ५ घर भई जनकपुरधाम उपमहानगरपालिका-४, कटैयाचौरीमा डेराको कोठामा बस्दै आएकी १५ वर्षीया अञ्जली कुमारी यादवको हत्या आरोपमा उनकै आमाको प्रेमी पक्राउ परेका हुन ।


हत्या आरोपमा पक्राउ परेका क्षीरेश्वरनाथ नगरपालिका ९, ईच्छापुर बस्ने ३५ वर्षीय रामबाबु साहलाई बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।

साहलाई बुधबार राति करिब साढे १० बजेको समयमा क्षीरेश्वरनाथ- ९ बाट पक्राउ गरिएको थियो । साह यसअघि आफ्नो श्रीमतीको हत्या गरेको घटनामा पाँच वर्ष सजाय काटेर २०७७ मा रिहा भएका थिए ।

 

साहले सोमबार राति साढे ११ बजेको समयमा खुकुरी प्रहार गर्दा अञ्जलीको मृत्यु भएको छ भने उनको आमा ३५ वर्षीया आशा यादव र मिथिला नगरपालिका १, ढल्केवर बस्ने होविन्द्र यादवको १४ वर्षीया छोरी राशा यादव घाइते भएका थिए । आशाको धरान स्थित वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको तथा उनको अवस्था गम्भी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्