१५ साउन- काठमाडौँ, सामाखुसीबाट प्रहरीले लागुऔषध खैरो हेराइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेची नगरपालिका वडा नम्बर–१० घर भएर सामाखुसी टाउनप्लानिङ नजिक बस्दै आएका ३३ वर्षीय शंकर राजवंशी रहेका छन् ।
बुधवार साँझ प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले उनको डेरा खानतलासी गरेर १०९ दशमलव २२ ग्राम खैरो हेरोइन बरामद गरेको हो ।
आरोपीको साथबाट ९ थान मोबाइल र ८२ हजार नगद समेत बरामद गरिएको छ । आरोपीले आफ्नो डेराको बेडमुनी लुकाएर राखेको अवस्थामा लागुऔषध जोख्न प्रयोग गरेको डिजिटल तराजु पनि प्रहरीले बरामद गरेको छ ।
यसबारे प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ
प्रतिक्रिया दिनुहोस्