राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ ।
नागरिकको आवाज संसद्सम्म पु¥याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभएको छ ।
बेथिति, भ्रष्टाचार, विकास योजनामा ढिलासुस्तीजस्ता समस्या भएमा सांसदलाई सम्पर्क गर्न सकिने र त्यसका लागि अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोनबाहेक आफ्ना सूचना र सन्देश ह्वाट्सएपमा पठाउन रास्वपाले आग्रह गरेको छ ।
रास्वपाले विज्ञप्ति निकालेर विभिन्न जिल्लाहरुका लागि सांसदहरुलाई जिल्ला सम्पर्कका लागि जिम्मेवारी तोकेको हो ।
‘नीतिगत सुधार र जनसवालका विषयमा सांसदहरूसंँग देशभरका सचेत नागरिकले सिधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न, आम आवाजलाई नीतिमा समेट्ने र अब्बल नीति र त्यसको कार्यान्वयनमार्फत देशको अवस्था बदल्नका लागि सांसदहरूलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको व्यहोरा विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्