१४ साउन- काठमाडौँ, १२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा फरार रहेका एकजना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–५, पकरबास स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४, दधिकोट बसोबास गर्दै आएका ४२ वर्षीय सविन उप्रेती रहेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो।
भीम बहादुर कार्की लगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको ठगी ९सहकारी ऐन अन्तर्गतको कसुर० सम्बन्धी मुद्दामा उनि फरार रहेका थिए ।
उनलाई साउन १३ गते दिउँसो करिब ४ बजे दधिकोटस्थित घरबाट पक्राउ गरिएको अनुसन्धान कार्यालयले जनाएको छ।
पक्राउपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौँ जिल्ला अदालत पठाइएको छ।
प्रतिक्रिया दिनुहोस्