बुधबार सेयर बजार ५२.८७ अंकले घटेर २९४९.१९ बिन्दुमा झर्यो

१४ साउन-काठमाडौं, आज सेयर बजार उच्च अंकले घटेको छ । बुधबार सेयर बजार ५२.८७ अंकले घटेर २९४९.१९ बिन्दुमा झरेको छ ।

बुधबार आज नेप्सेमा कुल १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार कारोबारमा आएकामध्ये २३ कम्पनीको सेयर मूल्य बढ्दा २२६ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सान्भी इनर्जी र ट्रेड टावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्