पर्यटकीय तालमा एक महिलाको शव फेला

१४ साउन- सर्लाही, पर्यटकीय स्थल भरत तालमा एक महिलाको शव फेला परेको छ । बागमती नगरपालिका वडा नम्बर १२ मा बुधबार दिउँसो महिलाको शव फेला परेको छ ।

स्थानीयले तालमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव फेलाको खबरसँगै घटनास्थलमा प्रहरी टोली खटाइएको थियो । घटनास्थलमा प्रहरी टोली पुगेर तालबाट ती महिलाको शव निकालेको छ ।


महिलाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । शव शङ्कास्पद देखिएको प्रहरीले बताएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्