दुइ स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

१४ साउन- काठमाडौं, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ दंगीशरण गाउँपालिका-६ घर भएका २२ वर्षीय रमेश खड्कालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । रमेशलाई ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

इलाम, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ मिक्लाजुङ गाउँपालिका-८ तोरीबारी बस्ने २७ वर्षीय भेष राज दुलाललाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । भेष राजले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्