रुसमा ८.८ म्याग्निट्यूडको भुकम्प, जापानमा ठुलो सुनामीको चेतावनी

१४ साउन- रुस, पूर्वी तटपारि क्षेत्रमा बुधबार ८.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ ।

 

अमेरिकी जीओलोजिकल सर्भे यूएसजीएसका अनुसार रुसको सुदूरपूर्वमा पर्ने क्याम्चाट्का प्रायःद्वीपमा शक्तिशाली भूकम्प गएको हो ।

 

बिबिसीकाअनुसार जापानको पूर्वी तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानतर्फ लैजान निर्देशन दिइएको छ । त्यहाँ समुद्रको छाल चार मिटर माथिसम्म पुग्ने अनुमान गरिएको छ ।यता, जापानको स्थानीय समाचारसंस्था एनएचकेले जापानको होक्काइडो प्रान्तको उत्तरी क्षेत्रको तटीय सहर नेमुरोमा सुनामीको लहर बज्रिएको बताएको छ । सुनामीको पहिलो लहरको उचाइ लगभग १२ इन्च रहेको एनएचकेको समाचारमा उल्लेख छ ।

जापानी अधिकारीहरूले अब आउने लहरहरू अझ बढी उचाइको हुने बताएका छन् । रुसको भौगर्भिक निकायका अनुसार सो क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको छ ।

 

विगत १० दिनमा सोही क्षेत्रमा एकपछि अर्को भूकम्प गएको थियो । जुलाई २० तारिखमा मात्रै पाँचवटा भूकम्प गएको तथ्याङ्क छ ।

-गोरखापत्र

प्रतिक्रिया दिनुहोस्