पहिरो न पन्छाएका कारण स्थानीयले गरे वडा कार्यालयमा तालाबन्दी

१३ साउन- बैतडी, वर्षाका कारण अवरुद्ध भएकोे सडक खुलाउन माग गर्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
१३ दिन बिती सक्दापनि पहिरो पन्छाउने प्रयास नगरेको भन्दै पुर्चौंडी नगरपालिका– १० को वडा कार्यालयमा तालाबन्दी गरिएको छ।

 

पुर्चौंडी नगरपालिका– १० विजयपुरदेखि दोगडाकेदार हुँदै जिल्ला सदरमुकाम जोड्ने प्रमुख सडकखण्ड पहिरोको जोखिममा परेपछि स्थानीयले वडा कार्यालयमा पहिरो पन्छाउन माग गर्दै वडा कार्यालयमा ताला लगाएको हो । उक्त सडकखण्डको भङाड बस्तीमा पहिरो खस्दा छ वटा घर जोखिममा छन् । बितेका १३ दिनसम्म पनि पहिरो पन्छाउने प्रयास नभएकाले आफूहरु ताला लगाउन बाध्य भएको स्थानीय बताए ।

् वडाअध्यक्ष हिक्मतबहादुर बिष्टले भने मेसिन बिग्रेका कारण पहिरो पन्छाउन विलम्ब भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्