फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

श्रावन ३१ -काठमाडौ,  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४ रुपैयाँले बढाएको हो । निगम सञ्चालक समिति बैठकले मंगलबार राति १ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४।५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्