लागु औषध सहित चितवनका १ जना पुरुष पक्राउ

१३ साउन -गोरखा, लागु औषध सहित प्रहरीले चितवनका १ जना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन जिल्ला, ईच्छाकामना गाउँपालिका–६ जलबिरे घर भएका २९ वर्षका नवीन गुरुङ रहेका छ । उनलाई आइतबार बिहान ९ः४५ बजेको समयमा गोरखा नगरपालिका–१३ को मझुवा देउरालीबाट पक्राउ गरिएको हो ।

 

गोरखा बजारबाट आँबुखैरेनी तर्फ जाँदै गरेको अवस्थामा ना. ३३ प ९०२१ नम्बरको स्कुटरलाई रोकी चेक जाँच गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय गोरखा र प्रहरी चौकी मझुवा देउरालीको संयुक्त प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको हो।

उनले स्कुटरमा लिएर ट्रामाडोल नामक लागु औषध ३४ पत्ता ९३४० क्याप्सुल० फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनि विरुद्ध लागु औषध शीर्षकमा मुद्दा दर्ता गरिएको छ । उनलाई गोरखा जिल्ला अदालत ७ दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्