१३ साउन- जानकपुर, गएराति धारिलो हतियार प्रहारबाट एक किशोरीको हत्या भएको छ।
घटना जनकपुरधाम उपमहानगरपालिका-४ स्थित कटैयाचौरी नजिक भएको हो । घटनामा अन्य दुई जना घाइते भएका छन्।
धारीलो हतियार प्रहारबाट १४ वर्षीया अञ्चली यादवको मृत्यु भएको हो। घटना राति करिब ११ बजेतिर भएको हो। उनी ३६ वर्षीया आशा यादवकी छोरी हुन्। घटनामा आशा यादव पनि घाइते भएकी हुन्।
त्यस्तै उनको भतिजी राधा यादव पनि घाइते भएकी छन्। घाइते दुबैलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको छ। अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी फरार भएको जानकारीमा आएको छ।
यस घटनाको अनुसन्धान तीव्र पारिएको छ र फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्