दुर्घटनामा घाइते भएका एक जनाको धनगढीमा मुत्यु

श्रावन ३१,  कैलालीमा सवारी दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ४ सिमथरीका मदे तिरुवाको धनगढीमा मृत्यु भएको हो।

उनको आज बिहान धनगढीको स्वस्तिक अस्पतालमा मृत्यु भएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय मातहतको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रले बताएको छ। उनी सवार  से ४ प ४७५० नम्बरको मोटरसाइकल मंगलवार राति जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडस्थित डोडा नदीको पुलमा गाइसँग ठोकिएको थियो।

 

सिमथरीका ४५ वर्षिय किसन तिरुवाले घरायसी विवादका कारण भाइ २५ वर्षिय गणेश तिरुवालाई दाउले हानेका थिए। गणेशको उपचारका लागि अस्पताल आउदै गर्दा दुर्घटना भएको हो। २५ वर्षीय गणेश तिरुवाको उपचार हुँदैछ। इलाका प्रहरी कार्यालय सुखडले किसन तिरुवालाई पक्राउ गरेको छ।

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्