भारतमा बस र ट्रक ठोक्किँदा तीर्थयात्रीसहित छ जनाको मृत्यु

१३ साउन -नयाँ दिल्ली,  भारतको झारखण्डको देवघरमा बस र ट्रक ठोक्किँदा तीर्थयात्रीसहित छ जनाको मृत्यु भएको छ।

उक्त दुर्घटनामा ६ जना मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।

अन्य गम्भीर घाइतेहरूलाई देवघरस्थित एम्समा रेफर गरिएको छ।

घटना बस चालक निदाएका कारण भएको बताइएको छ। मंगलबार बिहान चार(पाँच बजेको बीचमा दुर्घटनाको भएको प्रहरीले जनाएको छ।

देवघरबाट बासुकीनाथतर्फ तीर्थयात्री लिएर जाँदै गरेको बस अनियन्त्रणित हुँदै ट्रकसँग ठोक्किएर दुर्घटना भएको अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस्