प्रचण्ड’ले भने एउटा वर्ग र तप्का न्वारनदेखिको बल लगाइरहेको छ

१३ साउन- काठमाडौँ, राजनीतिक रूपले पनि माओवादीको इतिहास मेटाउन एउटा वर्ग लागिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

मंगलबार पार्टीको समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

 

एउटा वर्ग र तप्का न्वारनदेखिको बल लगाइरहेको उनले बताए।

‘हाम्रो इतिहास मेटाउन, हामीले गरेको कर्मले नेपाली इतिहासमा ल्याएको परिवर्तन महत्त्व र औचित्य सिद्ध्याउन निकै ठुलो षडयन्त्रमा छन्’मलाई लाग्छ तपाईँहरूले यो पक्षमा पनि ध्यान दिनुभएकै होला ।’ भन्ने प्रचण्डको भनाइ छ ।

माओवादीले गरेका राम्रा कामलाई राम्रो भन्न र स्थापित गर्न त्यस्ता तत्त्वहरूले नदिने गरिरहेको उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्