लिगमा आज तिन खेल

काठमाडौं । सहिद स्मारक एु डिभिजन लिग फुटबलमा तीन खेलहरु हुँदैछन् । जसमध्य दुई खेल दुई खेल दशरथ रंगशालामा आयोजना हुदा एक खेल च्यासल मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लबले मनाङ मर्स्याङ्दी क्लबसको सामना गर्ने छ । दुई टोलीबिचको खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।

सातदोबाटो सातौं र मनाङ छैटौं जितको खोजीमा मैदान उत्रने छन् । सातदोबाटो १४ खेलमा २२ अंक जोडेर चौंथो स्थानमा छ । १४ खेलमा १८ अंक जोडेकोमनाङ लिगको नवौं स्थानमा छ ।दशरथ रंगशालामा साँझ ६ बजेदेखि सुरु हुने खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लब आनुने सामुने हुने छन् । थ्री स्टार छैटौं जितको खोजीमा रहेको छ । थ्री स्टार १४ खेलमा २३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । फ्रेन्ड्स पाँचौं जित निकाल्न चाहन्छ । फ्रेन्ड्स १४ खेलमा १५ अंक जोडेर पुछारमा रहेको छ ।

लिग अन्तर्गत च्यासल मैदानमा दिउँसो ३ बजे सुरुदेखि सुरु हुने खेलमा चर्च ब्वाइज युनाईटेड र न्युरोड टिम एनआरटी प्रतिस्पर्धा गर्ने छन् । १४ खेलमा २४ अंक जोडेर दोस्रो स्थानमा रहेको चर्च ब्वाइज आज सातौं जित निकाल्ने योजना सहित मैदान उत्रने छ । एनआरटी पाँचौं जित निकाल्न चाहन्छ । ४ खेलमा १७ अंक जोडेको
एनआरटी १० औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्