रेल दुर्घटनामा तीन जनाको मृत्यु, धेरै जना गम्भीर घाइते

१२ साउन- जर्मनी, एउटा यात्रुवाहक रेल पटरीबाट बाहिर जाँदा भएको दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने धेरै जना गम्भीर घाइते भएका छन्।

रेल सञ्चालक ड्यूश बाहनले अज्ञात कारणले स्टुटगार्ट नजिकैको रुट्लिन्जेनमा रेल दुर्घटना भएको छ। स्थानीय अधिकारीहरुले दुर्घटना हुनुभन्दा केही समय अघि उक्त क्षेत्रमा आँधी आएको बताएका छन्।

रेलमा करिब १०० यात्रु भएको जर्मन समाचार एजेन्सी डीपीएले जनाएको छ। रेलका दुई डिब्बा जंगल क्षेत्रमा पटरीबाट खसेका थिए।

 

प्रतिक्रिया दिनुहोस्