प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभाको बैठकमा प्रश्नको उत्तर दिने

 

प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुका प्रश्नको उत्तर दिने भएका छन ।

 

संसद नियमावली अनुसार हरेक महिना प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम हुने व्यवस्था अनुसार दाहालले आज प्रश्नको उत्तर दिन लागेका हुन । बैठकमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालयको बजेट शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले सार्वजनिक गरेको छ ।

 

यसैगरी, यसअघि प्रदेशको नाम उल्लेख नगरेका कारण रोकिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट शीर्षकमाथिको पनि छलफल आज नै हुने छ ।।

 

प्रतिक्रिया दिनुहोस्