११ साउन- सिराहा, करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लहान नगरपालिका १३ सरस्वती टोल बस्ने ७५ वर्षीय रामनाथ यादव रहेका छन । उनको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै खेतमा जडान गरिएको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्