११ साउन- काठमाडौँ, अख्तियार प्रमुख प्रेमकुमार राईविरूद्ध अख्तियारमै उजुरी परेएको छ।
विशेष अदालतको हालै सार्वजनिक फैसलाको पूर्ण पाठमा वाइड बडी खरिद प्रकरणमा राईको भूमिकामाथि विशेष अदालतले प्रश्न उठाएको थियो।
युवराज सफलले आइतबार अख्तियार प्रमुख राईमाथि नै छानबिनको माग गर्दै उजुरी दायर गरेका छन।
उजुरीमा ‘वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएका अख्तियार प्रमुख प्रेमकुमार राईलाई आवश्यक छानबिन गरी कारबाही गरी पाऊँ, भनि सफलले उजुरी दर्ता गराएका छन।
अख्तियारले दायर गरेको वाइडबडी जहाज खरिद प्रकरणको फैसलाको पूर्णपाठ केही दिन अघि सार्वजनिक हुँदा अख्तियार प्रमुख राईले ‘चयनमुखी अभियोजन’ गरेको भन्दै विशेष अदालतले प्रश्न उठाएको थियो।
प्रतिक्रिया दिनुहोस्