खाटको खुट्टा बनाउन राखेको काठले प्रहर गरी श्रीमतीको हत्या

११ साउन- सुर्खेत, एक व्यक्तिले आफ्नो श्रीमतीको हत्या गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिका–१३ सुर्खेत सुगरखोलास्थित ४२ वर्षीय दानसिंह ठाडामगरले ४१ वर्षीया श्रीमती रविनालाई सुतिरहेको अवस्थामा शनिबार राति खाटको खुट्टा बनाउन राखेको काठले प्रहर गरी हत्या गरेका थिए ।


रबिनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

श्रीमानलाई पैहरीले नियन्त्रणमा लिइ यसबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्