९ साउन सुर्खेत, सुर्खेतबाट जुम्ला जाँदै गरेका गाडी दैलेखमा दुर्घटना भएको छ । दैलेखको दुल्लू नगरपालिका–१ तल्लो डुंगेश्वर डुंगेल मन्दिरनजिक कर्णाली प्रदेश ०२–००१ ज ००४६ नम्बरको गाडी दुर्घटना भएको हो ।
गाडीमा यात्रा गरिरहेका १९ मध्ये १२ जना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ।
उकालोमा गाडी रोकेर यात्रु चढाउने क्रममा गाडी ‘ब्याक’ गएर सडकबाट १५ मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनालगत्तै चालक फरार भएको र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्