करिब डेढ किलो चरेससहित गोदावरीबाट ४ जना पक्राउ

९ साउन कैलाली, प्रहरीले करिब डेढ किलो लागू औषध चरेससहित गोदावरीबाट एकै दिन ४ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिहीवार राति गोदावरी नगरपालिका–२ बझाङ विपिन होटेलबाट एक जनालाई पक्राउ गरेको हो।

उक्त होटलबाट बझाङ छबिसपाथिभारा गाउँपालिका–७ का ३९ वर्षीय गगन बोहरालाई पक्राउ गरेको हो। उनको साथबाट १ किलो चरेस बरामद गरिएको छ।


यस्तै बिहीवार राति नै प्रहरीले गोदावरी नगरपालिका–१ भरतपुरबाट ४६९ ग्राम लागु औषध चरेससहित ३ जनालाई पक्राउ गरेका हो।

उनिहरु हिँडिरहेको अवस्थामा शङ्का लागि चेकजाँच गर्दा बैतडीको सुर्नया गाउँपालिका–३ का २८ वर्षीय चन्द्र सिंह ऐरी, सोही ठाउँका २५ वर्षीय मोहन भट्ट र २५ वर्षीय महेश बिकलाई चरेससहित पक्राउ गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्