धनगढीमा साथीको साथीबाटै हत्या आसंका

धनगढी उपमहानगरपालिका वडा नम्बर १८ ई गाउँका विजय चौधरी बिहीवार मृत भेटिए।

उपमहानगरको वडा नम्बर १९ दक्षिण लल्लीपुरमा प्रहरीले चौधरीलाई मृत फेला पारेको हो।

मृतक चौधरीको पहिचान खुल्न नसकेपछि प्रहरीले शव धनगढी ल्याएको थियो। मजदुरी गर्दै आएका विजय बुधवार घरमा आएका थिएनन्। बिहीवार पनि दिउँसोसम्म पनि विजय घरमा नआएपछि शंका लागेर सेती अस्पतालमा राखिएको शव हेर्न परिवारजन आए। परिवारले प्रहरीले बेवारिसे भनेको शव विजयको भएको पहिचान गरे।

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्