९ साउन- कैलाली, टीकापुरबाट १० जना जुवाडे पक्राउ परेका छन्।
टीकापुर नगरपालिका २ बन्दिपुर बस्ने ४२ वर्षीय किसिम चौधरीको पसलमा जुवातास खेलीरहेको भन्ने सूचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा पसल सञ्चालक किसिम चौधरीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुलाई नगद ६७ हजार ५९० र १ गड्डी ताससहित इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी गरेको हो ।
प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्