मानखोलामा एक पुरुषको शव फेला

८ साउन- बर्दिया, मानखोलामा एक पुरुषको शव फेला परेको छ।

बढैयाताल गाउँपालिकामा बुधबार राति करिब साढे १० बजे खोलामा घोप्टो परेको अवस्थामा पुरुषको शव भेटिएको हो।

मृतकको पहिचान खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय, बर्दियाले शवको हुलिया सार्वजनिक गर्दै पहिचानका लागि सहयोगको अपिल गरेको छ।

मृतक करिब ५ फिट ५ इन्च उचाइका छन् र उनले खरानी रङको जेन्स कुर्ती भित्र रातो गन्जी र खरानी रङको हाफ कट्टु लगाएका छन्। उनको टाउकोमा भदगाउँले टोपी पनि रहेको छ।

हाल शवलाई बर्दिया अस्पतालको शव गृहमा राखिएको छ।

घटनाको अवस्थाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्