विवादले उग्ररूप लिँदा छोराले छुरा प्रहार गरी बुवाको हत्या गरे

७ साउन- सुनसरी, पारिवारिक समस्या र जग्गा विवादले उग्ररूप लिँदा छोराले छुरा प्रहार गरी बुवाको हत्या गरेका छन् । घटना देवानगञ्ज गाउँपालिका–३ मा भएको हो ।

 

स्थानीय ३५ वर्षीय रियाज अन्सारीले आफ्नो ६५ वर्षीय बुवा सबिब अन्सारीको कुटपि र छुरा प्रहार गरी हत्या गरेका हुन । मङ्गलबार राति विवाद चर्किएपछि रियाजले बुवालाई कुटपिट गरेका थिए । गम्भीर चोटका कारण घटनास्थलमै सबिब अन्सारीको मृत्यु भएको थियो।

अन्सारी परिवारमा लामो समयदेखि जग्गाको स्वामित्व र अंशबन्डालाई लिएर विवाद थियो। सोही विषयलाई लिएर पटक–पटक घरमा झगडा हुँदै आएको थियो। शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

 

प्रहरीले अभियुक्त रियाज अन्सारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्