एक युवाको झोलुङ्गे पुलबाट नदीमा खसेपछि जीवितै उद्धार

६ साउन- मुस्ताङ,  खन्ती–सौरु जोड्ने निर्माणाधीन ‘सस्पेन्सन’ झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा खसेका एक युवाको जीवितै उद्धार गरिएको छ ।

थासाङ गाउँपालिका–१ टुकुचे बस्ने २० वर्षीय युवक पेम्बा शेर्पा पुलबाट खसेका थिए । कोवाङ प्रहरी चौकीका सुरक्षाकर्मी र थासाङ गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारीले संयुक्त रूपमा उनको उद्धार गरेको हो ।

निर्माणाधीन पुलको दायाँबायाँ तर्फ बार लगाउन बाँकी थियो । उक्त पुलबाट सौरु गाउँतर्फ सामान पुर्‍याउने क्रममा अचानक शेर्पा कालीगण्डकी नदीमा खसेका थिए ।

 

कालीगण्डकी नदीमा खसेका शेर्पाको जीवितै उद्धार गरिए पनि अनुहार र शरीरका विभिन्न भागमा चोटपटक लागेको छ ।

घटनाको सूचना चाँडो प्राप्त भएकाले सकुशल उद्धार गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्