अवैध लागूऔषधसहित पक्राउ

असार ३-झापा, झापा गाउँपालिका-४ स्थित सडकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ ८ ग्राम २ सय २० मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईलाम चुलाचुलि गाउँपालिका-२ बस्ने २६ वर्षीय सुशिल आङदेम्बे र २६ वर्षीय सुरज लावती लिम्बु रहेका छन् । प्रहरी चौकी टाघनडब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको  को.२६ प ८१४० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पर्दाथसहित फेला पारी पक्राउ गरेको हो ।

धादिङ, गजुरी गाउँपालिका-५ गलौदीबाट अवैध लागूऔषध गाँजा करिब ३ केजीसहित रूपन्देही तिलोत्तमा नगरपालिका-१४ बस्ने २३ वर्षीय दिलिप केवटलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, जानकी गाउँपालिका-४ कञ्चनपुर बस्ने १९ वर्षीय नबीन कठरीयालाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-६ हात्तीबोझा बस्ने २६ वर्षीय बीरेन्द्र बडायकलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३७ मिलिग्रामसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सुदुर पश्चिम प्रहरी प्रदेश कार्यालय धनगढी कैलाली र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्