५ साउन- बंगलादेश, वायुसेनाको प्रशिक्षण विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। घटना राजधानी ढाकाको एक स्कूल क्याम्पस परिसरमा भएको हो ।
ढाकाको उत्तरी उपनगरमा रहेको माइलस्टोन स्कूल एण्ड कलेजमा भएको घटनास्थलको फुटेजमा ठूलो आगो र धुवाँको मुस्लो देखिएको थियो।
आफ्नो एउटा विमान दुर्घटनामा परेको र पाइलटको मृत्यु भएको सशस्त्र बलले पुष्टि गरेको छ।
उक्त घटनामा परेका बालबालिका र वयस्कहरू सहित ५० भन्दा बढी मानिसहरूलाई अस्पताल लगिएको मा १९ जनाको मृत्यु पुष्टि भएको बिबिसीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्